• बैशाख २३ २०८३, बुधबार

मतदान अधिकृतले एकभन्दा बढी मतपत्र दिन खोजेपछि मतदान केन्द्र तोडफोड

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । काभ्रेमा मतदान अधिकृतका कारण मतदान स्थल तोडफोड भएको छ ।

यहीकारणले जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोफोड भएको छ ।

जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदानस्थल तोडफोड भएको हो ।

जिल्लाको तिमाल गाउँपालिकामा मतदान रोकिएको प्रहरीले जनाएको छ । चौंरीदेउरालीमा रोकिएको मतदान सुरु गर्न छलफल भइरहेको छ ।