• बैशाख २३ २०८३, बुधबार

मत दुरुपयोग गरेको आरोपमा मतदान अधिकृत बर्खास्त

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । सर्लाहीमा एकजना मतदान अधिकृत बर्खास्तीमा परेका छन् । जिल्लाको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्तमा परेका हुन् ।

मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

विवादका कारण मतदान अवरूद्ध भएको थियो । सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो ।

बैठकमा भएको सहमति अनुसार सहायक मतदान अधिकृत रामप्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरू गराइएको निर्वाचन अधिकृत यादवले बताए ।