• बैशाख २७ २०८३, आईतवार

स्याङ्जा दुर्घटना अपडेट : मृत्यु भएका १४ जनाको पहिचान खुल्यो

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौँ।आज बिहान स्याङ्जामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ। उपचारका क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवर छन्।

यस्तै, ७० वर्षीया मुवा कुमारी कुँवर, ४३ वर्षीया पोट कुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मिना कुँवर र ५० वर्षीया फूलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिप दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा बेल माया कुँवर, भुल वहादुर कुँवर, गौमती थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, र नेत्र वहादुर कुँवर रहेका छन्।