काठमाडौँ। बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप भएको छ । जयपृथ्वी नगरपालिका-७ मा रहेकाे मतदानस्थल सुनिपिपल चौर माविमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको हाे। झडपहुँदा मतपेटिका पनि फुटेको छ ।
तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको थियो ।
यसैगरी जिल्लाकाे केदारस्युँ-४ जगन्नाथ मावि ‘ख’ केन्द्रमा पनि झडप भएको छ।
मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ।