• बैशाख २७ २०८३, आईतवार

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौँ। स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि पोखरा लगिएको स्याङ्जा प्रहरीले जनाएको छ।

वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।

मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन बाँकी छ।