झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कला रोकाया घाइते भएको कणर्ाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो ।
घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।