• बैशाख २३ २०८३, बुधबार

रौतहटको गढीमाईमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन जना घाइते

बैशाख ३० २०७९, शुक्रबार

रौतहट। रौतहटको गढिमाइ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी तीन जना घाइते भएका छन् । यहाँको सिङगारमनमा भोट खसाल्ने बेला इच्छाएको ब्यक्ति रोज्ने क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।

अहिले यहाँ व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपपछि मतदान रोकिएको छ ।