काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै निर्धक्कसँग मतदान गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् ।
धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए।