• बैशाख २३ २०८३, बुधबार

दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना

बैशाख २९ २०७९, बिहीबार

काठमाडौँ। राप्रपा नेता तथा दमक नगरको मेयर पदका उम्मेदवार राम थापा अस्पताल भर्ना भएका छन्।

बिहीबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

प्रतिष्ठानका चिकित्सक डाक्टर पदम नेपालीका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ। उनको दिउँसो तीन बजे अपरेशन गर्ने तयारी छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै शुभेच्छुकलाई धैर्यधारण गर्न अनुरोध गरेका छन्।