• बैशाख २३ २०८३, बुधबार

पार्टी विधान विपरीत काम गरेको भन्दै कांग्रेसका पूर्वसांसद सहित ५ जना निलम्बन

बैशाख २९ २०७९, बिहीबार

भरतपुर । काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै चितवनका कांग्रेस नेता भीमबहादुर श्रेष्ठ कारवाहीमा परेका छन् ।

चितवन घर भएका पूर्वसांसद श्रेष्ठसहित थप पाँच जनालाई कांग्रेसले नै निलम्बन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भरतपुर महानगरपालिका-१ घर भएका पूर्वसांसद श्रेष्ठसहित भरतपुर-४ का तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर-२ का तरुण दलका पूर्वजिल्ला सचिव आनन्दराज राउत र भरतपुर-८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

उनीहरुले गरेको भनिएको काम भने जानकारीमा आएको छैन ।