काठमाडौं । एमाले नेता वामदेव गौतमले यसपटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् ।
एमाले छोडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् । गौतम एमाले विभाजन भएसँगै राजनीतिमा खासै सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए ।
बर्दियाको बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।