• बैशाख २३ २०८३, बुधबार

नेकपा (बहुमत)का संयोजक बास्तोला रिहा

बैशाख २९ २०७९, बिहीबार

काठमाडौँ। नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए।

चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।

यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न माग गरेका थिए ।