• श्रावण १६ २०८३, शनिबार

स्थानीय चुनावमा उम्मेदवारलाई भोट माग्ने ट्विटर ह्यान्डल मेरो होइन : घिसिङ

बैशाख २८ २०७९, बुधबार

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नाम र तस्वीर प्रयोग गरी नक्कली खाता खोलिएको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले उक्त खाताबाट स्थानीय चुनावका सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘मेरो आधिकारिक ट्विटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ जारी विज्ञप्ति भनिएको छ।

उनले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रूपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन अनुरोध गरेका छन् ।