• बैशाख २७ २०८३, आईतवार

धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

बैशाख २८ २०७९, बुधबार

काठमाडौँ। धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ।

२५ माइलमा पुगेपछि उडान नम्बर–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो । ८७ जना यात्रु बोकेको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।