स्याङ्जा । स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा मंगलबार साँझ दुई पक्षबीच झडप भएको हो। झडप हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए।
हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ ।
त्यस्तै आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।