काठमाडौं । निर्वाचन आयोगले ६ दिनभित्र मतगणना सम्पन्न गर्ने योजना बनाएको छ ।
मतदान सम्पन्न भएको ६ दिनभित्र ( जेठ ५ गते) भित्र मतगणना सम्पन्न गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको हो ।
अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्न मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिँदैछ ।
३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो ।