काठमाडौँ। सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। जेठ १ देखि शनिबार र आइतबार बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।
यससँगै जेठ १ देखि कार्यालय समय पनि बढेको छ। बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।
तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।
गत वैशाक १३ गते बसेको मन्त्रीपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

