• बैशाख २७ २०८३, आईतवार

आजदेखि उपत्यकाको तीन जिल्लामा रक्सी बेच्न नपाईने

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा आज रातिदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको छ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएदेखि निर्वाचन अवधिभर मदिरा किनबेचमा रोक लगाउने निर्णय गरेको हो ।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला,’ जारी सूचनामा उल्लेख छ । प्रशासनले मंगलबार मध्यरातदेखि वैशाख ३० गते साँझसम्म मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।