• बैशाख २७ २०८३, आईतवार

फोक्सोमा पानी जमेपछि वडाध्यक्ष थापामगरको निधन

बैशाख २६ २०७९, सोमबार

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ ।केही वर्ष देखि समस्या देख्दै आइराको थापामगर। फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो । गत ७ वैशाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएको थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थिए ।

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेको थिए । १५ मंसिर १९९७ मा जन्मिएको उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । काँग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो ।

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएको थिए।