• बैशाख २७ २०८३, आईतवार

धनुषामा एमाले कार्यकर्ताद्वारा राप्रपा उम्मेदवारमाथि कुटपिट

बैशाख २६ २०७९, सोमबार

धनुषा । नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टा (राप्रपा)का उम्मेदवारमाथि कुटपिट गरेका छन्

धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको राप्रपाले जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन् ।

विज्ञाप्तिमा भनिएको छ– ‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ ।’

यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाका वडाध्यक्षका उमेदवार लिलीवीर बिसीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरेकोमा राप्रपाले विरोध गरेको छ।