काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सबैभन्दा ठूलो खड्गो रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनका क्रममा आइतवार ओलीले सो कुरा बताएका हुन् । ‘ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन्। कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन्’, उनले भने, ‘वैशाख ३० मा उहाँहरू (गठबन्धन)लाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ। यो ज्योतिषीहरूले भनेका हुन्, तर म ज्योतिषी होइन।’