• बैशाख २७ २०८३, आईतवार

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २५ २०७९, आईतवार

मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।

रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।