• बैशाख २३ २०८३, बुधबार

चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह

बैशाख २४ २०७९, शनिबार

हेटौँडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न अनुरोध गरेको छ ।

बालबालिकाको प्रयोग  गरेको पाएमा आवश्यक कारबाहीका लागि तत्काल निर्वाचन कार्यालयमा सूचना दिन आग्रह  समेत गरेको हो ।