• बैशाख २३ २०८३, बुधबार

सत्ता गठबन्धनको संयुक्त चुनावी सभा सुरु

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनले काठमाडौँ आयोजना गरेको संयुक्त चुनावी सभा सुरु भएको छ । चुनावी सभा रत्नपार्कस्थित शान्ति वाटिकामा सुरु भएको हो ।
सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।