काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार रेणु दाहालले रुख चिन्हको टोपी लगाएर मतदातासँग भोट माग्न व्यस्त भएकी छिन् ।
पाँच दलीय गठबन्धनबाट मेयरको लागि उम्मेदवार दिए पनि उनको बागीमा कांग्रेस नेता तथा पूर्व सांसद जगन्नाथ पौडेलले मेयरमा उम्मेदवार दिएपछि मतदाताको मन जित्न उनले कांग्रेसको झण्डा बोकेकी हुन् ।
भरतपुरको मेयरमा दाहाललाई जिताउन विहिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगाएका शिर्ष नेताले संयुक्त सम्बोधन गर्दै मतदातासँग भोट मागेका थिए ।