• बैशाख २३ २०८३, बुधबार

सत्ता गठबन्धनको आज काठमाडौंमा चुनावी सभा

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौँ। पाँचदलीय सत्ता गठबन्धनको आज काठमाडौँमा संयुक्त चुनावी सभा हुँदै छ। शुक्रबार दिउँसो १ बजे शान्तिबाटिकामा हुने चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ।

यसअघि सत्तागठबन्धनको संयुक्त चुनावीसभा बिहीबार चितवनको भारतपुरमा भएको थियो ।