• बैशाख २३ २०८३, बुधबार

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : रामचन्द्र पौडेल

बैशाख २२ २०७९, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी माओवादी केन्द्र नभएको बताएका छन्।बिहीबार चितवनमा सत्तागठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको जिकिर गर्दै नेकपा एमालेसँग पार्टीको द्वन्द्व रहेको बताए।

‘कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो,’ उनले भने, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको घोर अपमान गरेर तानाशाही लाद्न खोजेपछि गठबन्धन गर्नु परेको उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेलले  सत्ता गठबन्धनको सूत्रधार प्रधानमन्त्री शेरबहादुर देउवा नभएर आफू भएको पनि जिकिर गरे।