काठमाडौँ। अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रलका अध्यक्ष हस्तबहादुर केसीले विश्वभर संशोधनवादी र सबैखाले प्रतिक्रियावादीहरु माओवाद र माओवादीहरुकाविरुद्ध भीषण हमला गरिरहेको बताएका छन् । माक्र्सको २०५ आौं जन्मजयन्तिको अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले विश्व सर्वहारा वर्गको हातमा माक्र्सवादको सैद्धान्तिक हतियार भएकाले माओवाद आजको विश्वको माक्र्सवाद बन्न पुगेको बताउँदै विश्वभर संशोधनवादी र सबैखाले प्रतिक्रियावादीहरु माओवाद र माओवादीहरुकाविरुद्ध भीषण हमला गरिरहेको बताएका हुन्।
उनले अब यत्तिले मात्रै नपुग्ने भन्दै वर्गसंघर्ष तथा विज्ञान एवम् प्रविधिको विकाससंगै हातेमालो गर्दै त्यसको अझै विकास गर्न जरुरी भएको उल्लेख गरेका छन्। यो अविभारा विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र तिनको राजनीतिक प्रतिनिधित्व गर्ने विश्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको उनको ठहर छ।
“माक्र्सवाद गतिशील विज्ञान हो ।त्यो एउटै ठाउँमा बसेर रहन सक्तैन । त्यो विकसित हुदै जान्छ । र त्यसको माक्र्सवाद – लेनिनवाद – माओवादका रुपमा विकास भएको छ । आज विश्व सर्वहारा वर्गको हातमा माक्र्सवाद – लेनिनवाद – माओवादको अभेद्य सिंगो सैध्दान्तिक हतियार छ । माओवाद आजको विश्वको माक्र्सवाद बन्न पुगेको छ । त्यसैले त आज विश्वभर संशोधनवादी र सबैखाले प्रतिक्रियावादीहरु माओवाद र माओवादीहरुका विरुद्ध भीषण हमला गरिरहेका छन् । तर अब यत्तिले मात्रै पुग्दैन । आजको वर्गसंघर्ष तथा विज्ञान एवम् प्रविधिको विकासशीत हातेमालो गर्दै त्यसको अझै विकास गर्न जरुरी छ । यो अविभारा विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र तिनको राजनीतिक प्रतिनिधित्व गर्ने विश्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको छ भन्ने कुराको ठहर हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ।
विश्व सर्वहा र्गका महान् नेता तथा माक्र्सवादका प्रवर्तक र दोस्रो स्रशताब्दीका प्रथम पुरुष कार्ल माक्र्स जन्मिएको आज २९४ वर्ष पुरा भएको छ । ५ मई १८१८ मा जर्मनीको प्रशाको राइन प्रदेशभित्र पर्ने ट्रियर शहरमा माक्र्सको जन्म भएको थियो ।
आज विश्वका विभिन्न देशहरूमा माक्र्सको २०५ आौं जन्मजयन्ति समारोह विभिन्न कार्यक्रमका साथ मनाइदै छन् । एसै ऐतिहासिक अवसरमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि माक्र्सको २०५ आौं जन्मजयन्ति माक्र्सप्रति सम्मान गर्दै माक्र्सवादवादप्रति अविचलित भएर अगाडि बढ्ने बचनबध्दता प्रकट गर्दै सबैप्रति ऐक्यबद्धता जाहेर गर्दछ।
माक्र्सवाद विश्व सर्वहारा वर्ग र सिंगो मानव जातिकै क्रान्ति र मुक्तिको विज्ञानका रुपमा स्थापित भइसकेको छ । यद्यपि विश्वमा घटित क्रान्ति र प्रतिक्रान्तिका घटनाका कारण माक्र्सवादको वैज्ञानिकताप्रति केही आशंका पनि व्यक्त गरिदै आएका छन् । परन्तु अहिलेसम्म आइपुग्दा माक्र्सवादको विकल्पमा उभिन सक्षम क्रान्ति र मुक्तिको कुनै विज्ञान जन्मन सकेको छैन । र त्यो सम्भावना देखिदैन ।
माक्र्सवाद जन्मने बित्तिकै यसका दुश्मनहरुले माक्र्सवादका विरुद्ध अनेकौं कुप्रचार गर्दै आएका छन् । खासगरी माक्र्सवादको भ्रष्टिकरण गर्ने र माक्र्सवादकै विरुद्ध उभिनेमा अवसरवाद , अराजकतावाद र विभिन्न खाले प्रतिक्रियावाद देखा पर्दै आएका छन् । अवसरवाद संशोधनवादका विविध रुपमा प्रकट हुदै आएको छ ।त्यसैगरी अराजकतावाद पनि विभिन्न रुप र रंगमा देखा पर्दै आएको छ । यसप्रकारका प्रवृत्ति दक्षिण , मध्य र उग्रवामपन्थका रुपमा प्रकट हुदै आएका छन् । अन्ततः संशोधनवाद , अराजकतावाद र प्रतिक्रियावाद सबैको मिलनकेन्द्र आज मूलरुपमा उत्तर – आधुनिकतावाद बन्न पुगेको छ ।
माक्र्सवाद गतिशील विज्ञान हो ।त्यो एउटै ठाउँमा बसेर रहन सक्तैन । त्यो विकसित हुदै जान्छ । र त्यसको माक्र्सवाद – लेनिनवाद – माओवादका रुपमा विकास भएको छ । आज विश्व सर्वहारा वर्गको हातमा माक्र्सवाद – लेनिनवाद – माओवादको अभेद्य सिंगो सैध्दान्तिक हतियार छ । माओवाद आजको विश्वको माक्र्सवाद बन्न पुगेको छ । त्यसैले त आज विश्वभर संशोधनवादी र सबैखाले प्रतिक्रियावादीहरु माओवाद र माओवादीहरुका विरुद्ध भीषण हमला गरिरहेका छन् । तर अब यत्तिले मात्रै पुग्दैन । आजको वर्गसंघर्ष तथा विज्ञान एवम् प्रविधिको विकासशीत हातेमालो गर्दै त्यसको अझै विकास गर्न जरुरी छ । यो अविभारा विश्व सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र तिनको राजनीतिक प्रतिनिधित्व गर्ने विश्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको छ भन्ने कुराको ठहर हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्दछ । यसै ऐतिहासिक अविभारा तथा दायित्व पुरा गर्नका लागि संघर्षरत रहनु नै माक्र्सको २०५ आौं जन्मजयन्ति मनाउनुको मूल अपेक्षा तथा अभिप्राय हो भन्ने ठहर हाम्रो संगठनको रहेको छ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : ५ मई २०२२
( २२ बैशाख २०७९)
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यलय काठमाडौं , नेपाल