गोवा। जसपा पार्टी निकट प्रगतिशील नेपाली समाज समिति भारतको अध्यक्षमा लोकेन्द्र सेर्पाली चयन भएका छन् । यहीँ मइ १ तारिखमा स्व संगठनको केन्द्रीय सचिवालय भर्चुअल बैठकले आगामी राष्ट्रिय भेला सम्मलाइ सेर्पालीलाइ सर्वसहमतिमा अध्यक्षमा चयन गरेको हो ।
केही दिन पहिले प्रगतिशिलका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले संगठनबाट राजिनामा गरी माओवादी पार्टीमा प्रवेश गरेपछि संगठनले लोकेन्द्र सेर्पालीलाइ मूल नेतृत्वमा ल्याएको हो। यसअघि उनी महासचिवको भूमिकामा थिए । उनी जसपा पार्टीको केन्द्रीय परिषद् सदस्य पनि हुन् । उनी बिगत २० बर्षदेखि निरन्तर बाबुराम भट्टराई निकट भएर राजनीतिमा छन् भारतीय राजनीति पार्टीहरुसित राम्रो सम्बन्ध बनाएका सेर्पाली जसपा पार्टीको विदेश विभागमा रहेर काम गर्दै आएका छन् ।