• बैशाख २७ २०८३, आईतवार

सशस्त्र प्रहरीको एआईजी बढुवामा डीआईजी नारायण दत्त पौडैलको नाम सिफारिस

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा डीआईजी नारायण दत्त पौडेलको नाम सिफारिस गरिएको छ ।

बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएकोमा वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस गरिएको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब निरीक्षक नारायण दत्त पौडेललाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो ।

तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउंमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

अर्याल र पौडेलको रिक्त एआईजी पदमा त्यसै दिन बढुवाका लागि सूचना प्रकाशित गरिएको थियो ।