• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचन: नेपाल-भारत सीमा ७२ घण्टा सिल

बैशाख २१ २०७९, बुधबार

नवलपरासी  ।  स्थानीय तहको निर्वाचनको समयमा नेपाल-भारत सिमा क्षेत्र  ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ।

निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचन सुरक्षाको विषयमा नेपाल-भारत सीमावर्ती क्षेत्रका अधिकारीहरुबीच पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका जिलाधिकारी(डीएम) र सुरक्षा अधिकारीबीच छलफल भएको हो । स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

बैठकमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल , पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुख र भारत पश्चिम चम्पारण जिल्लाका डीएम कुन्दन कुमारलगायत सुरक्षा अधिकारीको सहभागिता थियो ।