काठमाडौँ। बुधबार काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा मृत्यु हुने एक बालकसहित ५ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अुनसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल, कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल र सुनकोसी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ जना घाइते भएको पनि प्रहरीले जनाएको छ । उनीहरुको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
बुधबार दिउँसो काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप र भारतीय पर्यटक बोकको यूपी ५८टी ८१८१ नम्बरको मिनी बस एकापसमा ठोक्किएको थियो ।