• बैशाख २३ २०८३, बुधबार

कञ्चनपुरको भीमदत्तमा एमाले र माओवादी-समाजवादीका कार्यकर्ताबीच झडप, २ जना घाइते

बैशाख २१ २०७९, बुधबार

काठमाडौँ। कञ्चनपुरको भीमदत्तमा नेकपा एमालेका कार्यकर्ता र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ।

झडपमा प्रचारप्रसारमा खटिएका एमालेका अञ्जु कार्की र राजेन्द्र अवस्थी घाइते भएका छन्। उनीहरुको टाउको र छातीमा चोट लागेको छ।

चुनाव प्रचारप्रसारमा हिँडेका आफ्ना कार्यकर्तालाई माओवादी–समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमालेले आरोप लगाएको छ।

आसन्न स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बागफाँटमा भएको जम्काभेट तनावमा परिणत भएको थियो ।

प्रचारप्रसारका क्रममा सामान्य हातपाइ भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।