काठमाडौँ। काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन्।
भारतीय पर्यटक बोकको यूपी ५८टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप बुधबार एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। मृतकको पहिचान भने खुलिसकेको छैन।
दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउँन बाँकी छ।