• बैशाख २७ २०८३, आईतवार

सेवाग्राहीसँग २० हजार घुस लिने मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय टोखाकामा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध २० हजार विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खरिदार तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपंयाँ घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो । अख्तियारले तिवारीलाई गत बैशाख ४ गते घुस रकमसहित मालपोत कार्यालयबाट पक्राउ गरेको थियो ।