• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवा विराटनगरमा

बैशाख २१ २०७९, बुधबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको विराटनगर पुगेका छन्। कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।

चुनावी सभालाई देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने बताइएको छ।

विराटनगरको सभालाई सम्बोधन गरेर उनी आजै चितवन जाने कार्यक्रम छ। चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेलसँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्ने बताइएको छ।

कांग्रेसले शुक्रबार काठमाडौँमा चुनावी सभा गर्ने भएको छ। उक्त सभालाई सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत नेताले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ। आजदेखि विराटनगरबाट सुरु भएको कांग्रेसको चुनावी सभा २७ गते डडेलधुरा पुगेर सकिने छ।