• बैशाख २७ २०८३, आईतवार

आईजीपी बढुवाविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा, के आउला आदेश ?

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको छ।

एआईजी विश्वराज पोखरेलले कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । पोखरेलले बरिष्ठता मिचेर बढुवा गरेको भन्दै नियुक्ति बदरको माग गर्दै रिट दिएका थिए । पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिएमा सिंहको आईजीपी पद धरापमा पर्न सक्छ ।