• बैशाख २७ २०८३, आईतवार

त्रिभुवन विमानस्थलमा बम राखिएको भन्दै फोन, बमको खोजीमा सेना र प्रहरी परिचालन

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखिएको भन्दै अपरिचित व्यक्तिबाट फोन आएपछि बम खोजीको काम सुरु गरिएको छ । बमको खोजीका लागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ ।

विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार बम राखिएको भन्दै फोन आएपछि खोजी सुरु गरिएको हो।