काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ ।
निर्वाचन आयोगले अब मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको जानकारी दिदैं ७५३ वटा स्थानीय तहमा ३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको जानकारी दिए ।