काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चार माध्यमहरुलाई निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न पुनः आग्रह गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघले आज काठमाडाैंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरुको गम्भीर ध्यानाकर्षण गराए ।
कार्यक्रममा सार्वजनिक गरिएको सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई नकारात्मक रुपमा प्रभावित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।