• बैशाख २७ २०८३, आईतवार

फिरफिरे भिरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु 

बैशाख १९ २०७९, सोमबार

गोरखा ।  गोरखाको फिरफिरे भिरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बा १४ च ७८१ नम्बरको जीप आज बेलुकी सिरानचोक गाउँपालिका ५ आरुबोटेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ ।

फिरफिरे भिरबाट तल खसेर दुर्घटना भएकाे प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।

गोरखामा जन्ती आएर चितवन फर्कँदै गरेकाहरू चढेको जीप दुर्घटना भएकाे हो । घटनास्थलमा केहीबेरअघि प्रहरी टाेली पुगेको छ । मृतकको पहिचान र अन्य विवरण आउन बाँकी रहेको एसपी खनालले जानकारी दिए ।