विराटनगर। भारतीय सुरक्षाकर्मीले नेपाल–भारतको सीमाक्षेत्र विराटनगरको इस्लामपुरमा हवाई फायर गरेको छ।
सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जवानले विराटनगर–१८ इस्लामपुरमा तीन राउण्ड हवाई फायर गरेका हुन् ।
सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीयले जानकारी दिए ।
हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।
मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरे ।