• बैशाख २३ २०८३, बुधबार

एमाले चुनावी प्रचार अभियानमा काँग्रेस कार्यकर्ताको फिल्मी शैलीमा आक्रमण, १० जना घाइते

बैशाख १९ २०७९, सोमबार

काठमाडाैँ । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा काँग्रेसको आक्रमणबाट एमालेका १० जना कार्यकर्ता घाइते भएका छन् ।

क्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती, राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् । बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका करिब १००को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरेको सांसद युवराज खनालले बताए ।