• बैशाख २७ २०८३, आईतवार

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान

बैशाख १९ २०७९, सोमबार

काठमाडौै । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा सोमबार बिहान आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।