काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) लाई भोलि सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा एआईजी राजु अर्याललाई नियुक्त गरेको थियो ।
नवनियुक्त दुबै आईजीपीले सिंहदरबास्थित गृह मन्त्रालयमा भोलि विहान ८ः४५ बजे गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।