काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् ।
उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएको आरोप लगाउदै भने ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या ।
हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न । सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’ उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाए । ‘सुरूवातमै ठग । दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरी मेयरमा लड्न आउनु पर्दैन ? आँटचाहिँ केही छैन ।
जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ । फेस टु फेस बसेर कुरा गर्नुपर्यो नि !’