• बैशाख २७ २०८३, आईतवार

बुबासँग विवाह हेर्न मामाघर गएकी ५ वर्षीया बालिका बलात्कृत

बैशाख १८ २०७९, आईतवार

काठमाडौं । बझाङमा बुबासँग विवाह हेर्न मामाघर गएकी ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बुबासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुबाले बताएका छन् । बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता भएको जनाइएको छ ।

पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा लगेर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख छ ।