• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवा र सभामुखबीच भेटवार्ता

बैशाख १८ २०७९, आईतवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।

भेटमा संघीय संसद् प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको बताइएको छ।