• बैशाख २३ २०८३, बुधबार

विधिको शासनको खिल्ली उडाएर नेपाल प्रहरीको आईजीपी नियुक्त गरियो : शेखर कोइराला

बैशाख १८ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

,‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ,’ कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।’