• बैशाख २७ २०८३, आईतवार

सिनियरलाई उछिनेर सिंहले मारे आईजीमा बाजी, बढुवाको फुली लगाइदिने पोखरेलले गर्लान् स्यालुट !

बैशाख १८ २०७९, आईतवार

काठमाडौं । आफूभन्दा १६ महिना सिनियरलाई उछिन्दै प्रहरी महानिरक्षक(आईजी)मा धीरजप्रताप सिंह बनेका छन् ।

सरकारले सिंहलाई आजै प्रहरी महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सिंहलाई यसअघि एआइजीमा बढुवा हुदाँ एआइजी विश्वराज पोखरेलले आफैँले एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएका थिए । एआइजी पोखरेलले अब आफैले दर्जान्यी चिन्ह लगाइदिएका सिंहलाई स्यालुट गर्नुपर्ने भएको छ । यदि एआइजी पदमै पोखरेल बसिरहे सिंहलाई बरियताका आधारमा स्यालुट गर्नुपर्ने हुन्छ । अब पोखरेलको बरयताक्रम मिचेर सिंहलाई प्रहरी महानिरिक्षक बनाएको भन्दै सर्वोच्च अदालतमा गएर रिट दर्ता गर्ने एक मात्रै विकल्प बाँकी छ ।

पोखरेल सहकुल थापा बरियता नम्वरमा मात्रै हैन बढुवा अवधिकै आधारमा सिंहभन्दा वरिष्ठ हुन्। तर प्रहरी नियमावलीमा एआइजीमध्ये वरिष्ठता,कार्यकुशलता, कमान्ड क्षमताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने व्यवस्था छ।

एकै पटक बढुवा हुँदा बरीयतामा अगाडि-पछाडि भएकै आधारमा तल्लो वरीयताकालाई आइजिपी नियुक्ति गर्दा अदालतले उल्ट्याएको थियो। सिंह अन्य २ जनासँगै एक महिना अगाडि बढुवा भएका हुन्। पोखरेल करिब १६ महिना अगाडि र थापा करिब ९ महिना अगाडि बढुवा भएका हुन्। यसअघि पहिलो बरियताका नवराज सिलवाल छाडेर तेस्रो बरियताका जयबहादुर चन्द नियुक्ति गर्दा अदालतले उल्टाएको थियो। सिलवाल पनि कार्य सम्पादन मूल्याङ्कन फारम किर्तेको विवादमा परेपछि दोस्रो बरियताका प्रकाश अर्याल आइजिपी नियुक्त भएका थिए।